बारा–पर्साका हावाहुरी पीडितलाई सेनाले गर्यो घर हस्तान्तरण

बारा । हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज यहाँ आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरे ।
जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो ।
सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो ।
बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो ।
मूल्य अभिवृद्धिकरसहित प्रतिघर रु चार लाख ९४ हजार अठासी रुपैयाँ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालन गरिएको थियो ।
उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगित गर्नुपरेको थियो ।
कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रदेश नं ४ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनल, बारा र पर्साका प्रमुख जिल्ला अधिकारी स्थानीय जनजनप्रतिधिको उपस्थित थियो ।
कार्यक्रम अघि कार्यवाहक प्रधानमन्त्री पोखरेलले बाराको चैनपुरमा निर्माण गरिएको ती घरहरुको अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण