शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा विदेशी नागरिकमाथि हिंसात्मक आक्रमण, ५ को मृत्यु

बुधबार, १८ भदौ २०७६, १५ : ४५
बुधबार, १८ भदौ २०७६

एजेन्सी । दक्षिण अफ्रिकामा विदेशी नागरिकमाथि हिंसा र लुटपाट मच्चिएको छ । देशका राष्ट्रपति सिरिल रामाफोसाले हिंसाको आलोचना गरेका छन् । 

‘दक्षिण अफ्रिकन नागरिकले अन्य देशका कुनै नागरिकमाथि आक्रमण गर्नुपर्ने कुनै पनि कारण छैन ,’ मंगलबार उनले भने । 

हिंसाको संलग्न भएको आशंकामा सोमबार जोहान्सवर्गमा मात्र दर्जनौंलाई पक्राउ गरिएको छ । हिसांमा परेर कम्तीमा पनि पाँचको मृत्यु भएको छ । 

अन्य अफ्रिकी देशका सरकारले दक्षिण अफ्रिकामा भइरहेको हिंसा प्रति आफ्ना नागरिकलाई सचेत गराएका छन् । 

‘विदेशी नागरिकले संचालन गरेका व्यवसायहरु माथि भइरहेका आक्रमण पूर्णत अस्वीकार्य छ । हामी यसलाई दक्षिण अफ्रिकामा हुन दिदैनौं ,’ ट्वीटरमा एउटा भिडियो सन्देश पोष्ट गर्दै रामाफोसाले भनेका छन् ,‘यो कार्य तत्काल रोकिनुपर्छ ,’ उनले थपे । 

आक्रमणको मुख्य निशानामा अन्य अफ्रिकी मुलुकबाट दक्षिण अफ्रिका आएर व्यवसाय गर्नेहरु छन् । अफ्रिका अधिकाशं मुलुक गरिबी र हिंसासँग संघर्षरत रहेको अवस्थामा कयैनको आर्कषणमा आर्थिक रुपमा सबल दक्षिण अफ्रिका पर्ने गरेको छ ।

यसले आफूहरुको रोजगारी खोसिएको दक्षिण अफ्रिकाका निम्न वर्गको गुनासो रहदैं आएको थियो ।

अलग रुपमा अफ्रिकन संघको एउटा वक्तव्य जारी गर्दै ‘घृणित हिसात्मक कार्य’लाई ‘कडा शब्दमा’ भत्सना गरेको छ । 

प्रहरीले हिंसा कम गर्नको लागि अश्रु ग्यास, रबरको बुलेट र स्टन ग्रिनेड प्रहार रहेको छ । 

हिंसाका क्रममा विदेशी नागरिकको धनमाल लुटपाट हुने, तिनले चलाएका सवारी वाहनलाई लक्षित गरी आक्रमण तथा आगजनी भइरहेको छ । 

मंगलबार पनि जोहान्सवर्गको एलेक्जेण्ड्रिय नगरक्षेत्रमा हिंसा जारी थियो । 

सहरका केही क्रूद्ध स्थानीस बासिन्दाले सरकारलाई कागजात नभएका आप्रवासीलाई देशनिकाला गर्न आह्वान गर्दै नारा लगाएका थिए ।  

लुटपाटको शिकार भएको एक जना नाइजेरियन व्यवसायीले दक्षिण अफ्रिकामा बसोबास गर्ने विदेशीले पहिलेदखि ‘धेरै प्रकारको झुट र आरोप’को सामना गरिरहने गरेको बताए । 
‘यो कुनै आपराधिक आक्रमण होइन । यो फरक जातिविरुद्धको आक्रमण हो ।’ उनले भने । 

दक्षिण अफ्रिकाको सुपरमार्केट सोप्रिटको एउटा शाखाँमा धेरै तोडफोड भएको संचारमाध्यमले बताएका छन् । 

एक प्रत्यक्षदर्शीले सुपरमार्केट रहेको स्थानमा रहेको सपिङ सेन्टरबाहिर दुई शव देखेको बताए । 

ट्राफिकमा फसेका वाहनमाथि पनि आक्रमण गरिएको थियो । आक्रमणपछि यात्रुहरु वाहन छाडेर भागेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप