पलजी के सँधै अरुले छोडेको फिल्म मात्र गर्ने ?
काठमाडौं –म्युजिक भिडियोका स्टार हुन् पल शाह । तर उनको त्यो स्टारडमले फिल्ममा भने कमाल देखाउन सकेन । उनी अभिनित प्राय फिल्म फ्लप छन् । तर पनि उनी लगातार फिल्म गरिरहेका छन् । पल अहिले फिल्म ‘म यस्तो गीत गाउँछु २’को छायाँकनमा व्यस्त छन् । यसपछि उनको अभिनय ‘तिमीसँगै हुने मन छ’मा रहने चर्चा छ । यस फिल्ममा उनले अभिनेत्री दीपिका प्रसाईसँग रोमान्स गर्ने केही मिडियाले समाचार समेत बनाइसकेका छन् ।
‘तिमीसँगै हुने मन छ’ निर्देशक दिवाकर भट्टराइले बनाउन लागेको फिल्म हो । दिवाकरले यसअगाडि ‘ऐश्वर्या’ र ‘इस्टुपिट मन’ जस्तो मनछुने फिल्म बनाएका थिए । अनमोल केसी अभिनित केही पहिले प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ पनि उनले नै निर्देशन हुन् ।
दिवाकरले ‘तिमीसँगै हुने मन छ’ आफ्नै निर्माण निर्देशनमा बनाउन लागेको फिल्म हो । यो फिल्ममा यस अगाडि आर्यन सिग्देलको अभिनय रहने चर्चा थियो । तर केही समयपछि स्क्रिप्टको कारणले उनले फिल्म छोडेको हल्ला समेत चल्यो ।
अहिले यो फिल्ममा पल रहने समाचार बाहिर आएको छ । हुन त एक कलाकारले छोडेको फिल्ममा अर्काे कलाकार भित्रुन सामान्य नै हो । अभिनेता पलका हकमा भने अरुले छोडेको फिल्ममा भित्रिनु कुनै नौलो कुरो पनि होइन । उनी अरुले छोडेको फिल्ममा सजिलै भित्रिने गर्दछन् ।
त्यसको उदाहरण ‘बीर बिक्रम २’ लाई लिन सकिन्छ । अभिनेता आकाश श्रेष्ठले मुर्हुतपछि छोडेको यो फिल्ममा उनी सजिलै भित्रिएका थिए । तर उक्त फिल्म हिट भने हुन सकेन । त्यसो त ‘तिमीसँगै हुने मन छ’का निर्देशक दिवाकरले भने पलसँग फिल्म अभिनयको बिषयमा कुरा मात्र भइरहेको बताएका छन् । दिवाकरका अनुसार उनी फिल्मका लागि फाइनल हुन बाँकी छन् ।
यस फिल्मका लागि उनी फाइनल भए उनको र अभिनेत्री दीपिका प्रसाइको फिल्मी रोमान्स दर्शकले देख्न पाउँनेछन् । जुन दर्शकले अहिलेसम्म हेर्न पाएका छैनन् । तर यस बिषयमा पललाई मिडियाको एउटा प्रश्न भने अवश्य तेर्सिनेछ – पल जि के सधै अरुले छोडेको फिल्म मात्र गर्ने ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण