अफगानिस्तान मामिला कसले हेर्छ ? ग्रीन जोनमा छन् नेपाली
अफगानिस्तानको काबुलमा सोमबार राति भएको विस्फोटमा परेर ज्यान गुमाएका चन्द्रबहादुर पुनमगरका आफन्त दिल पुन रोजगारीका क्रममा दुबईमा छन् ।
बाहिरी जानकारी र सम्पर्क सूत्रमा पहुँच राख्ने उनले दुई दिन यता ज्वाइँ चन्द्रबहादुरको शव फिर्ता ल्याउन र क्षतिपूर्तिसहितका प्रक्रियाबारे जानकारी लिन इस्लामाबाद तथा दिल्लीस्थित नेपाली दूतावासलाई दोहो¥याएर इमेल गरेका छन्, फोन गरिरहेका छन् । तर, दुवै दूतावासले कुनै जवाफ फर्काएका छैनन् ।
उनले चन्द्रबहादुरसँगै अर्का मृतक चितवनका कृष्ण थापाबारे पनि सरोकार राखेर दूतावासहरुको ध्यानाकर्षण गराएका छन् । तर कुनै पनि जवाफ आएको छैन ।
सोमबार विस्फोटका टार्गेटमा परेको ग्रिन भिलेजका सुरक्षा प्रवन्धक टेकजंग मल्लाका ग्रीन भिलेजमा रहेका नेपाली सबै सुरक्षित रहेको बताएका छन् ।
सुरक्षा प्रबन्धकको काम गरेर फर्केका प्रकाश केसीका अनुसार कबुलमा रहेका बेलायत, अमेरिकी, जर्मनी र राष्ट्रसंघीय कार्यालयमा अधिकांश सुरक्षाकर्मी नेपाली छन् ।
उनका अनुसार बेलायती नियोगमा ३५०, अमेरिकीमा ११ सय, जर्मनमा ७० र राष्ट्रसंघीय कार्यालयमा झन्डै १ हजार नेपाली सुरक्षाकर्मी छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण