अब सरकारले एक्सन लिन ढिलो गरे रियाक्सन गर्ने शक्ति आउँछ : प्रचण्ड
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले एक्सन लिन नसके प्रतिगम–प्रतिक्रान्तिले रियाक्सन गर्ने खतरा बढेको बताएका छन् ।
दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषयक एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्व र सरकारले अब जनअपेक्षा अनुसार एक्सनमा जान ढिलो गर्न नहुने बताए ।
उनले भने, ‘मैले चितवनको भरतपुरमा हिजो (बुधबार) भनेको थिएँ, हामी राजनीतिक नेतृत्व र सरकारले अब जनअपेक्षा अनुसार एक्सनमा जान ढिलो गर्ने हो भने अर्कोले रियाक्सन गर्छ । त्यो रियाक्सन राष्ट्रको लागि धेरै चर्को पर्न सक्छ ।’
अध्यक्ष प्रचण्डले जनतालाई अहिलेको संविधानबाट नयाँ युगतिर जान सकिन्छ भनेर विश्वासमा लिन सक्नुपर्नेमा जोड दिए ।
राजनीतिक परिवर्तनका सहभागीहरु दलहरु एक ठाउँमा आउन जरुरी रहेको पनि अध्यक्ष प्रचण्डले जिकिर गरे ।
‘प्रतिगमकारी र प्रतिक्रान्तिकारीहरुले टाउको उठाउन खोज्दैछन् है भनेर मैले भन्ने गरेको छु । केही घटनाले त्यसको संकेत गरेको छ,’ उनले भने, ‘त्यसैले यो राजनीतिक परिवर्तनका सहभागीहरु, नयाँ संविधानमा मूलभूत अधिकार प्राप्त गरेको वर्ग–समुदायहरु र यो परिवर्तनको राजनीतिक नेतृत्व गर्ने नेताहरु, एक ठाउँमा उभिनु जरुरी छ । एक चोटी फेरि आम नेपाली जनतालाई विश्वासममा लिएर जनताको चाहना अनुसार अगाडि बढ्न जरुरी छ ।’
यस्तै फरक प्रसंगमा अध्यक्ष प्रचण्डले दलित समुदायको हक अधिकारमा आफ्नो जिम्मेवारी बढी रहेको स्वीकार गरे । पुरानो अनभूतिको स्मरण गर्दै उनले भने, ‘म अहिले दुईतिहाई सरकारको नेतृत्व गर्ने पार्टीको अध्यक्ष छु । हिजो जनयुद्धमा दलितहरुलाई नै सबै भन्दाबढी उत्प्रेरित गरेर उनीहरुको बलिदान, त्याग तपस्यालाई नजिकबाट हेरर आएको नाताले पनि दलितको अधिकारमा मेरो जिम्मेवारी बढी छ ।’
जनयुद्धमा दलित वर्गले प्राप्त गरेको हक अधिकार संविधानमा लेखिएपनि कार्यान्वयन हुन नसकेको अध्यक्ष प्रचण्डको बुझाइ छ ।
‘हिजो जनयुद्धमा एउटै जातको भएको अनुभूत गथ्र्यौँ। प्रेम, विवाह, यौन सम्वन्धी, मुद्धा मामिलाहरुको अर्कै परिभाषा बनेको थियो । तर शान्ति र सहमतिमा आइसकेपछि संविधानमा लेखिए पनि त्यतिबेलाको मूल्यमान्यता स्खलित हुन थाले । जसले मलाई बढो विचित्रको अनभूति हुन्छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध समधुर बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘जनतासँगको सम्बन्धलाई समधुर बनाइ राख्नुपर्छ । होइन भने हामीले विगतमा जनताबाट पाएको सजाय फेरि पाउँछौँ । जनताले मौका पाएपछि एक पटक सबक सिकाउँछ । मैले यसलाई सबकको रुपमा लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण