टोकियो शेयर बजारमा सुधार
टोकियो– संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने खबर आएसँगै टोकियोको शेयर बजारमा सुधार भएको छ । साथै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मामिलामा बेलायती संसदले गरेका निर्णयहरुले पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
जापानको निक्की २२५ को परिसूचक २.१२ प्रतिशतले वृद्धि भई २१,०८५.९४ विन्दुमा पुगेको छ । टोपिक्स परिसूचकमा समेत १.८४ प्रतिशत वृद्धि भई १,५३४.४६ पुगेको छ ।
चीनले अमेरिकासँगको व्यापार वार्ता वासिङ्टनमा अक्टोबरको शुरुमै गर्ने जानकारी दिएसँगै टोकियो शेयर बजारमा सुधार आएको हो । चीन र अमेरिकाले व्यापार वार्ताकै बीचमा एकअर्का मुलुकका सामानमा करवृद्धि गरेपछि विश्व बजारमा नकारात्मक असर परेको थियो ।
दुबै मुलुकबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार युद्धले विश्व आर्थिक परिदृश्यमै प्रभाव पारेको छ ।
टोकियो शेयर बजारले बेलायतको ब्रेक्जिटसम्बन्धी पछिल्ला कदमहरुलाई पनि स्वागत गरेको छ । ब्रेक्जिटको सेरोफेरोमा बेलायती संसदमा भएका तीन वटा मतदानमा प्रधानमन्त्री बोरिस जोन्सनका प्रस्तावहरु अस्वीकृत भएका थिए ।
लगानीकर्ताहरु हङकङ सरकारले चीनसँगको सुपुर्दगीसम्बन्धी विधेयकलाई आधिकारिक रुपमा फिर्ता लिने निर्णय गरिएको घटनालाई पनि सकारात्मक रुपमा लिएका छन् । –एएफपी/photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण