अब जमिन लुकाउन पाइँदैन, सबै सिस्टममा थाहा हुन्छ: मन्त्री अर्याल
काठमाडौं– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले अब कसैले पनि जमिन लुकाउन नसक्ने गरी सरकारले सिस्टमको विकास गरेको बताएकी छन् । एउटा नागरिकताको आधारमा मुलुकभर उसको जमिन कति छ भन्ने सिस्टमबाट थाहा हुने बनाइएको मन्त्री अर्यालले जानकारी दिइन् । सहकारी पत्रकार समाजको नवांै स्थापना दिवसको अवसरमा बेल्दै मन्त्री अर्यालले भूमि व्यवस्थापनका सरकारले चासोका साथ काम गर्ने बताइन् ।
सरकारले भुमिहिन सुकुम्बासीको व्यवस्थापन गर्ने बताउँदै उनले भनिन, ‘प्रत्येक स्थानीय तहमा भुमि बैंक राख्ने, विउविजन उपलब्ध गराउने, व्यक्तिको नीजि जग्गा सरकारले समझदारीमै लिजमा लगाइदिने जस्ता राम्रा काम अब सरकारले गर्दैछ । भूमि भनेको नीजि हो यसमा जबर्जस्ती नगरी सम्बन्धित भूमिधनीलाई सम्झाएर जाने हो र जमिनको राष्ट्रियकरण सम्भव छैन ।’
हरेक सहकारी अभियन्तालाई बोलाएर एउटा पालिका एक फर्म खोल्न सरकारले गृहकार्य दिएर पठाउने पनि मन्त्री अर्यालले भनिन् । भूमि खालि भएर देश समृद्ध हँुदैन यसका लागि जमिन एकीकरण गरेर कागतीको पकेट एरिया बनाउँछौ । सहकारीलाई उत्पादनशिल क्षेत्रमा जाने बनाउँछौं’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण