बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफर

शुक्रबार, २० भदौ २०७६, १७ : ०७
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– गोदरेज अप्लाएन्सले चाडपर्वको अवसरमा ग्राहकहरु माझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । 

यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । 

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Address टाइप गरी पठाउन सकिन्छ ।

यो योजना अन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सकिन्छ साथै ए.सी.को खरिदमा फ्रि जडान गर्ने कम्पनीले जनाएको छ । यस चाड पर्वमा अझ बढी खुशी र उत्सव मनाउनको लागि गोदरेजले “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको हो ।

यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप