विक्रम ल्याण्डरसँगको सम्पर्क टुट्यो : सुरक्षित अवतरण असफल भएको संकेत
चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा विक्रमसँगको सम्पर्क टुटेको छ । चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको थियो । यो लेख्दा बिहानको ३ बजेसम्ममा अन्तिम रुपमा घोषणा हुन बाँकी नै छ तर यसबाट भारतीय चन्द्रयान अभियानअन्तर्गत विक्रमलाई सुरक्षित चन्द्र धरातलमा अवतरण गराउने योजना असफल भएको देखिएको छ ।
यसबारेमा इसरोमा प्रत्यक्ष अवलोकन गरिरहेका भारतीय प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई ‘होप फर द बेस्ट’ भनी प्रतिक्रिया दिएका छन् ।
विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए भारत चन्द्रमामा अवतरण गराउन सक्ने चौथो राष्ट्र बन्ने थियो ।
यसअघि चन्द्रमामा रुस, अमेरिका र चीनले मात्रै अवतरण गराउन सकेको इतिहास छ । त्यसो त इजरायलले पनि त्यो प्रयत्न गरेको थियो तर उसको त्यो प्रयास असफलतामा टुंगिएको थियो ।
त्यति मात्र हैन, चन्द्रमाको दक्षिणी धु्रवमा सफलतापूर्वक विक्रम ल्याण्डरलाई अवतरण गराएर भारतले अन्तरिक्ष विज्ञानको इतिहासमै नयाँ अध्याय पनि रच्ने थियो । चन्द्रमाको दक्षिणी धु्रवमा यसरी अवतरण गराउन सफल पहिलो राष्ट्र भारत बन्ने थियो ।
सबै कुरा योजना अनुसार भएको भए विक्रम ल्याण्डरबाट प्रज्ञान रोभर बिहानको ५ः३० बजेतिर निस्केर चन्द्रमामा अनुसन्धानको काम थाल्ने योजना थियो । सबैभन्दा पहिले विक्रम र प्रज्ञानले एकअर्काको फोटो खिच्ने योजना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह