बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्डले जर्मनीलाई ४–२ गोलले हरायो

शनिबार, २१ भदौ २०७६, ०९ : ४०
शनिबार, २१ भदौ २०७६

युरोकप छनोटमा नेदरल्यान्डले जर्मनीमाथि प्रभावशाली जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले जर्मनीलाई ४–२ गोलले हरायो ।

नेदरल्यान्डले जर्मनीलाई उसकै मैदानमा १७ वर्षपछि पहिलो पटक हराएको हो । यसअघि सन् २००२ मा नेदरल्यान्डले जर्मनीलाई ३–१ गोलले हराएको थियो । नेदरल्यान्डको जितमा फ्रान्की डि जोङ, डोनेल मालेन र जर्जिन्हो विज्नल्डमले गोल गरे । नेदरल्यान्डले अर्को एक गोल उपहार पाएको थियो । जर्मनीका सर्जि जिनाब्री र टोनी क्रुसले गोल गरे ।

खेलमा सुरुवाती अग्रता जर्मनीले लिएको थियो । नवौं मिनेटमा सर्जि जिनाब्रीले पहिलो गोल गरे । ५९औं मिनेटमा फ्रान्की डि जोङले बराबरी गोल गर्दै नेदरल्यान्डलाई खेलमा फर्काए । ६६औं मिनेटमा जर्मनीका जोनाथन ताले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड अगाडी बढ्यो । ७३औं मिनेटमा फ्रान्की डि जोङले फल गरेपछि प्राप्त पेनाल्टीमा टोली क्रुसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि ७९औं मिनेटमा डोनेल मालेनले गोल गर्दै नेदरल्यान्डलाई अगाडी बढाए । इन्जुरी समयमा जर्जिन्हो विज्नल्डमले गोल गर्दै नेदरल्यान्डलाई सहज जित दिलाए । जितसँगै नेदरल्यान्डले समूह ‘सी’ मा तीन खेलबाट ६ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको नेदरल्यान्डले युरोकपमा छनोटको सम्भावना जीवितै राखेको छ । एक खेल बढी खेलेको जर्मनी ९ अंक सहित तेस्रो स्थानमा छ । अपराजित नर्दन आयरल्यान्ड १२ अंक सहित शीर्ष स्थानमा छ । समूह ‘सी’ को अर्को खेलमा बेलारुसले इस्टोनियालाई २–१ गोलले हरायो ।

युरो कप छनोट अन्तर्गत समूह ‘ई’ को खेलमा ग्यारेथ बेलको निर्णायक गोलमा वेल्सले अजरबैजानलाई २–१ गोलले हरायो । अर्को खेलमा क्रोएसियाले स्लोभाकियालाई ४–० गोलले हरायो । समूह समूह ‘जी’ मा स्लोभेनियाले पोल्यान्डलाई २–० र अष्ट्रि«याले लात्भियालाई ६–० गोलले हरायो । समूह ‘आई’ का खेलमा वेल्जियमले सान मारियोलाई ४–० तथा रुसले स्टकल्यान्डलाई २–१ गोलले पराजित गर्यो । अर्को खेलमा साइप्रस र काजकस्तानले  १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप