विक्रम ल्याण्डरले चन्द्रमाको सतहमा अवतरण गर्न नसकेपछि मोदीलाई अंगालेर रोए इसरो प्रमुख
एजेन्सी । भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे । सम्बोधन गर्न मोदी इसरो मुख्यालय पुगेका थिए ।
सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएका छन् ।
शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।
इसरोको मुख्यालयमा सम्बोधन गर्ने क्रममा मोदीले एक दिन भारतले चन्द्रमा यान अवतरण गर्न निश्चित रुपमा सफल हुने बताएका थिए ।
मोदीले सम्बोधनका क्रममा ज्ञानको सबैभन्दा ठूलो शिक्षक विज्ञान भएको भन्दै विज्ञानमा कुनै विफलता नहुने, प्रयोग र प्रयासमात्र हुने बताएका थिए ।
भारतको चन्द्रयान अभियानको महत्वपूर्ण चरण शनिबार विहान पुरा हुँदैथियो । चन्द्रयान–२ अन्तर्गतको ‘विक्रम’ नाम दिइएको ल्याण्डर चन्द्रमाको सतमा अवतरण गर्नुपर्ने थियो । तर, सतहभन्दा दूई किमीमाथि रहदाँ विक्रमसँग सम्पर्क टुट्यो ।
#WATCH PM Narendra Modi hugged and consoled ISRO Chief K Sivan after he(Sivan) broke down. #Chandrayaan2 pic.twitter.com/bytNChtqNK
— ANI (@ANI) September 7, 2019
यस असफलतापछि भारतको अन्तरिक्ष कार्यक्रमको एउटा महत्वकांक्षी अभियान असफल हुन पुग्यो ।
तर, थोरै बजेटमा भारतले पछिल्लो एक दशकमा ठूला–ठूला शक्ति राष्ट्रको हाराहारीमा सफलता हासिल गरिसकेको छ । यस अघि सन् २००८मा पठाइएको चन्द्रयान–१ ले चन्द्रमा पानी रहेको पत्ता लगाएको थियो ।
त्यस्तै सन् २०१४मा भारत मंगलग्रहमा यान पु¥याउने चौथो राष्ट्र भएको थियो । चीनभन्दा पनि अघिनै मंगलग्रहमा अन्तरिक्ष यान पु¥याउन सक्नुलाई ठूलो सफलताको रुपमा हेरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा
-
मध्यराति भैंसीगोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको हत्या
-
हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
-
समाजवाद र पुँजीवादको फ्युजनः ‘संवैधानिक समाजवाद’ रास्वपाको मार्गदर्शन
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनः हेर्नुहोस् LIVE UPDATES
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण