विमानको शौचालयभित्र थिए जोडी, सेलिब्रिटीले क्यामरामा कैद गरे
एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए । अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे । सोसल मिडियामा भाइरल भएको भिडियोमा महिला र पुरुषले एकै रंगको स्वीटसर्ट लगाएको देख्न सकिन्छ ।
स्टेफोर्डले घटना कुन दिन र कुन विमानको भनेर खुलाएका छैनन् । तर इन्स्टाग्राममा फोटो र भिडियो पोष्ट गर्दै पहिलो पटक उनले कुनै जोडीलाई विमानको बाथरुमबाट बाहिर आएको देखेको बताए ।
३४ वर्षका भलिबल खेलाडीले लेखे, ‘थुप्रै महिला त्यतिबेला बाथरुम जानका लागि प्रतिक्षा गरिरहेका थिए । यद्यपि, बाहिर निस्किएपछि कसैले पनि उक्त जोडीलाई केही पनि भनेनन् ।’
भिडियोमा विमान परिचारिकाले महिलालाई ‘तपाईं अहिलेसम्म पनि यहिँ हुनुहुन्छ ?’ भनिरहेको सुन्न सकिन्छ । महिलाले जवाफ दिन्छिन्, ‘भित्र मान्छे छ ।’ केही बेरपछि बाथरुमबाट जोडी बाहिर निस्किएको देख्न सकिन्छ ।
सोसल मिडियामा धेरै मानिसहरुले यो भिडियोमा कमेन्ट गरेका छन् । धेरै मानिसहरुले एकैपटक दुई व्यक्ति बाथरुममा कसरी जान सक्छन् भनेर सोधिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण