अक्षय कुमारसँग २६० करोडको प्राइभेट जेट, ८० करोडको बंगलासहित यस्ता छन् पाँच अत्यधिक महँगा वस्तु
बलिउडका खेलाडी कुमार भनिने अक्षय कुमारको सेप्टेम्बर ९ मा जन्मदिन हो । सन् १९६७ को सेप्टेम्बर ९ मा अमृतसरमा उनको जन्म भएको थियो । अक्षय कुमारको वास्तविक नाम राजिव हरिओम भाटिया हो । सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौगन्ध’ बाट बलिउडमा डेब्यू गर्ने अक्षय कुनैबेला बैंककमा वेटरको काम गर्दथे । मेहनत र लगनको बलमा अक्षय कुमार हालै संसारको सबैभन्दा धेरै कमाई गर्ने चौथो नायक बनेका छन् । फोर्ब्सद्वारा जारी गरिएको सूचीमा उनी चौथो स्थानमा छन् ।
लाखौं प्रशंसक भएका नायक अक्षय कुमारबारे धेरैलाई धेरै कुरा थाहा छ तर आज हामी अक्षय कुमारको विलासी जीवनशैली र रुचीबारे जानकारी दिँदै छौं । अक्षय कुमार ६९ मिलियन डलरको कमाईसहित संसारको सबैभन्दा कमाई गर्ने सेलिब्रिटीको सूचीमा चौथो स्थानमा रहन सफल भएका छन् । यो सूचीको शीर्ष १० मा स्थान बनाउन सफल उनी एक्ला बलिउड नायक हुन् । उनको कूल सम्पत्ति १,०२८ करोड भारुभन्दा बढी छ । अक्षय कुमार नीजि जेटमा यात्रा गर्छन् र भव्य बंगलामा बस्छन् । उनी महँगो कार र बाइकका शौखिन हुन् । उनीसँग एकसे एक विलासी कार र स्पोर्टस् बाइक छन् ।
२६० करोडको प्राइभेट जेटः
देश विदेशमा यात्रा गर्नका लागि अक्षय कुमार आफ्नो नीजि विमानको प्रयोग गर्छन् । बलिउडका सिमित सेलिब्रिटीसँग मात्र प्राइभेट जेट छ । विभिन्न तस्बिरमा अक्षय कुमारको जेट विमानको झलक देखिएको छ । रिपोर्ट अनुसार यसको मूल्य २६० करोड भारु हो ।
प्राइम बीच बंगलाः
मुम्बईको जुहू बीचमा अक्षय कुमार ८० करोड भारुको प्राइम बीच बंगलामा बस्छन् । यो बंगलाबाट समुन्द्र देखिन्छ । यसको पूरा इन्टेरियर अक्षय कुमारकी श्रीमती एवं अभिनेत्री टिवंकल खन्नाले तयार गरेकी हुन् ।
Bentley Continental Flying Spur
रोल्य रोयल फ्यान्टमबाहेक अक्षय कुमारसँग द्यBentley Continental Flying Spur पनि छ जसको मूल्य ३.२ करोड भारु छ । यो कार पनि भारतमा तीन सेलिब्रिटीसँग मात्र छ । उनीसहित अमिताभ र शाहरुख खानसँग पनि यो कार छ ।
रोल्स रोयस फ्यान्टमः
अक्षय कुमारको शौख निकै महँगो छ । यसैकारण उनीसँग एक से एक महँगा कार छन् । उनीसँग रोल्स रोयस फ्यान्टम कार छ जसको मूल्य ३.३४ करोड भारु छ । यो कार बलिउडका चार सेलिब्रिटीसँग छ जसमा अमिताभ बच्चन, शाहरुख खान र प्रियंका चोपडा समावेश छन् ।
यामाहा भि म्याक्सः
अक्षय कुमारसँग यामाहा भि म्याक्सजस्ता शानदार बाइक छ जसको मूल्य २५ लाख भारु हो । यो बोइक अक्षय कुमारलाई यामाहा कम्पनीले उपहारस्वरुप दिएको थियो । सेटमा सुटिङबाट समय निकालेर अक्षय यो बाइकमा घुमिरहेको देख्न सकिन्छ । यसका सागै उनीसँग २० लाख भारुकोस हार्ले डेभिडसन बाइक पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण