काभ्रेमा बन्दै ‘लक्का जवान’
काठमाडौं – हाँस्यकलाकार शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको हो फिल्म ‘लक्का जवान’ । फिल्मको अहिले काभ्रेको आसपासका स्थानमा धमाधम सुटिङ भइरहेको छ ।
निर्देशक शिवहरी सहित किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाल लगायतका कलाकारले फिल्ममा अभिनय गरिरहेका छन् । फिल्मको अहिले करिब ५० प्रतिशत काम सकिएको निर्माण युनिटले जनाएको छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता, अनसुया श्रेष्ठ वन्त निर्माता र राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सहनिर्माता रहेको फिल्म सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्न लागेको निर्देशक शिवहरीले बताए ।
कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मका गीतमा बाबुल गिरीले संगीत भरेका छन् । मित्र डि. गुरुङले सम्पादन रहने फिल्मका छायाँकार पुरुषोतम् प्रधान हुन् । फिल्म आगामी चैत ७ गते प्रदशर््नमा ल्याउने लक्ष्य निर्माण युनिटको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण