अभिषेक बच्चन र विवेक ओबरोयले एकअर्कालाई अँगालो हाले, के वैमनश्यता बिर्सिएकै हुन् ?
यस्तो लाग्छ कि अब विवेक ओबरोय र अभिषेक बच्चनबीच सबैकुरा ठिक भइसकेको छ । उनीहरुले आफ्नो सबै वैमनश्यता बिर्सिएका छन् । हालैको उनीहरुको व्यवहार देखेर मानिसहरुले यस्तै अड्कलबाजी गरिरहेका छन् ।
वास्तवमा ब्याडमिन्टन स्टार पि.वि. सिन्धुका लागि आयोजित एक सम्मान समारोहमा थुप्रै फिल्मी कलाकारको उपस्थिती थियो । यसमा अभिषेक र विवेक पनि समावेश थिए ।
दुईको रेड कार्पेटमा भेट हुँदा एक–अर्कालाई अँगालो हाले । यो दृश्य निकै रोचक थियो । विवेक हात बाँधेर उभिएका थिए र अगाडि अभिषेक आफ्ना बुवा अमिताभ बच्चनसँग उभिएका थिए । दुबैको आँखा जुध्यो र सबैकुरा बिर्सिएर अँगालो हाले ।
स्मरण रहोस्, विवेक कुनै जमानामा अभिषेककी श्रीमती ऐश्वर्या रायसँगको सम्बन्धमा थिए । तर पछि कुनै कारणवश दुबै अलग्गिए । त्यसपछि यी दुईले आफूहरुबीच कुनै प्रकारको सम्बन्ध स्थापित गर्ने कोसिस गरेनन् न नै कुनै फिल्ममा काम गरे । यहाँसम्म कि अभिषेकले पनि विवेकसँग दुरी स्थापित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




