राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् ।
नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् ।
‘चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर, कहिले हुने निक्र्योल भइसकेको छैन,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार द्विपक्षीय संयन्त्र बैठकपछि कान्तिपुरसँग भने, ‘विदेशमन्त्री वाङले चीनबाट विशिष्ट राजनीतिक तहमा हुन सक्ने नेपाल भ्रमणको सरोकारलाई सकारात्मक रुपमा लिनुभएको छ ।’
नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुङ्गीएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए । यो समाचार कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु
-
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकका ९ कार्यसूची
-
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
-
एमालेको भागमा अर्थसहित ५ र माओवादीलाई भौतिकसहित तीन मन्त्रालय
-
बागमतीमा बढ्यो मन्त्रालयकाे सङ्ख्या, आलेकाे तोकियाे जिम्मेवारी
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य