काँग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
मङ्गलबार, २४ भदौ २०७६, ११ : ४९
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न सभापति देउवा नक्सालस्थित होटल मेरिना पुगेका थिए ।
भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको भानुले जानकारी दिए ।
आइतबार साँझ काठमाडौं आइपुगेका विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतसँग पनि भेटवार्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण