काँग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता
मङ्गलबार, २४ भदौ २०७६, ११ : ४९
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जानकारी दिए । चिनियाँ विदेशमन्त्री यीलाई भेट्न सभापति देउवा नक्सालस्थित होटल मेरिना पुगेका थिए ।
भेटमा नेपाल–चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको भानुले जानकारी दिए ।
आइतबार साँझ काठमाडौं आइपुगेका विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्डलगायतसँग पनि भेटवार्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ