पाइपलाइनबाट पेट्रोलियम : आजैबाट पेट्रोलियम पदार्थको मूल्य घट्ने
काठमाडौँ– पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आलय निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि मूल्य घटाइने भएको हो ।
नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झर्नेछ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।
पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार सिंहदरवार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गरेका छन् ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।
यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
