रुख रोप्दै शशांकले भने : असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गरौँ
हेटौंडा – नेपाली काँग्रेस मकवानपुरले बिपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा जिल्लाका चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ ।
चार वटै प्रदेश निर्वाचन क्षत्रेमा १०६ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो ।
प्रतिनिधिसभा १ र २को ख मा काँग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमूख आतिथ्यतामा १०६ वटा विभिन्न जातका विरुवा रोपेर जागरण अभियान शुभारम्भ गरिएको थियो ।
कोइरालाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई मेटाउँदै कम्युनिस्टको गलत क्रियाकलापको भण्डाफोर गरि आमजनतामा जान दोश्रो चरणको जागरण अभियान सुरु गरेको बताए ।
बिपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सबै एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडि बढनु पर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण