बच्चाको जन्म नेपाली घर–आँगनका लागि एउटा पर्व हो । मङ्गल धुन गुन्जिन्छ, पञ्चेबाजा बज्छन्, बधाईका ओइरो लाग्छन् र एउटा नयाँ मान्छेको स्वागतमा सारा समाज झुम्छ । तर, यही तामझाम र...