काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरे...