कोभिड–१९ स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
सोमबार अर्थमन्त्रालयमा भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गर्दै अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरु, प्रदेश, स्थानीय तह, गैरसरकारी संस्था लगायतलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायतका सामग्रीहरुको आयातमा बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।
सो अवसरमा उनले एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न समेत कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि मन्त्री पौडेलले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइयो, अफवाहप्रति सजग रहनुस् : ऊर्जामन्त्री
-
नुवाकोटमा ‘शिवालय सिनेप्लेक्स’ पुनः सञ्चालनमा
-
गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा
-
१० बजे १० समाचार : तीनकुने घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला
-
स्थानीय तहको गुनासो : खरिद ऐनका कारण ठेक्का व्यवस्थापनमा समस्या भयो
-
विद्यालय शिक्षा विधेयक : निजी विद्यालय र बाल विकासको विषय जटिल बन्दै