१० बजे १० समाचार : तीनकुने घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला
आज २०८२ जेठ ११ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा तीनकुने घटनामा ६५ जनाविरुद्ध मुद्दा, तीनकुने घटना ः कसले कस्तो बयान दिए ?, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला, लामिछानेविरुद्धको आदेशमा भएको त्रुटि सच्याइयो, गृहमन्त्रीको राजीनामाबारे कांग्रेसमै दुई धार, १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न ओलीको निर्देशन लगायत छन् ।
१. तीनकुने घटनामा ६५ जनाविरुद्ध मुद्दा
गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपितविरुद्ध मुद्दा दायर भएको छ । सो घटनामा संलग्न ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा र चार नाबालिगविरुद्ध छुट्टै अभियोग दर्ता गरिने भएको छ ।
२. तीनकुने घटना : कसले कस्तो बयान दिए ?
गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटनामा संलग्न विभिन्न व्यक्ति पक्राउ परेका छन् । केही आरोपित प्रहरीकै हिरासतमा छन् भने केही अदालतको आदेश अनुसार धरौटी–जमानीमा रिहा भएका छन् । आरोपितहरूले अनुसन्धान अधिकारीसमक्ष आफ्नो संलग्नता एवं आफूविरुद्ध लागेको आरोपबारे बयान दिएका छन् ।
३. महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला
तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पु¥याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । जततउकस्ररधधध।
४. लामिछानेविरुद्धको आदेशमा भएको त्रुटि सच्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्याइएको छ ।
५. गृहमन्त्रीको राजीनामाबारे कांग्रेसमै दुई धार
भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने÷नदिनेबारे उनकै पार्टी नेपाली कांग्रेसमा दुई धार देखिएको छ । यसैबिच कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।
६. १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका छन् । सोही दिन राजावादीहरूले आन्दोलन घोषणा गरेको परिस्थितिलाई मध्यनजर गर्दै ओलीले आफ्ना कार्यकर्तालाई काठमाडौँ नियन्त्रणमा राख्न निर्देशन दिएका हुन् ।
७. पार्टी एकता अघि नै नेसपाका कार्यकर्ता माओवादीमा प्रवेश
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि नै नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादीमा प्रवेश गर्न थालेका छन् । महिन्द्रराय यादव नेतृत्वको नेसपाका नेताहरू सहमतिमै माओवादी केन्द्र प्रवेश गर्न थालेका हुन् ।
८. रास्वपा बैठक : सुमना र अनिलकेशरीको राजीनामा स्वीकृत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले दुवैको राजीनामा स्वीकृत गरेको हो ।
९. पोखरा विमानस्थल अनियमितता प्रकरणमा प्रेम आलेको दोहोरो संलग्नता
पोखरा विमानस्थल अनियमितता प्रकरणमा पूर्वमन्त्री प्रेम आलेको दोहोरो संलग्नता देखिएको छ । वनमन्त्री हुँदा उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले रिठ्ठेडाँडा कटानका लागि प्रस्ताव गरेको कार्यादेश (टीओआर) स्वीकृत गरेका थिए । त्यसपछि पर्यटनमन्त्री भएका उनले त्यही समयमा क्यान तयार पारेको उक्त डाँडा कटानको पूरक ईआईए प्रतिवेदन स्वीकृत गर्नुका साथै डाँडाको अधिग्रहण तथा कटानका लागि बजेटसमेत छुट्ट्याएका थिए ।
१०. न्यायाधीश नियुक्तिमा सधैँ किन सकस ?
न्याय परिषद ऐनले सर्वोच्च अदालतका न्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अघि नै सो पदका लागि नियुक्तिको सिफारिस गर्न व्यवस्था गरेको छ । यद्यपि, न्यायाधीश पद रिक्त भएको महिनौँसम्म पनि नियुक्ति हुन सकेको छैन । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण