जनकपुर । सर्लाहीको मिथिला डेन्टल क्लिनिकमा मधेस सरकारले ताल्चा लगाएको थियो । मधेस सरकारले चलाएको ‘अप्रेसन अस्पताल’ अभियानअन्तर्गत यो अस्पतालमा ताल्चा लगाइएको थियो । स्वास्थ्य मापदण्डविपरीत सञ्चालन रहेको भन्दै मधेस सरकारले उक्त क्लिनिक बन्द गराएको थियो...