सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
काठमाडौँ । भारत सरकारले थालेसिमिया र सिकलसेल रोगका बिरामीका लागि औषधी र खोप नेपाल सरकारलाई हस्तान्तर गरेको छ ।
शुक्रबार एक कार्यक्रम बिच नेपालस्थित भारतीय दुतावासले पहिलो चरणमा इन्फ्लुएन्जा खोप तीन हजार १०० युनिट, साल्मोनेला खोप एक हजार ५५० युनिट, मेनिङ्गोकोक्कस खोप तीन हजार १०० युनिट, हाइमोफिलस इन्फ्लुएन्जा खोप चार हजार ६४० युनिट र स्ट्रेप्टोकोक्कस निमोनिया खोप चार हजार ६४० युनिट प्रदान गरेको भारतीय दुतावासले जनाएको छ ।
नेपाल सरकारले गरेको अनुरोधको आधारमा भारत सरकारले थालेसिमिया र सिकल सेल रोगका बिरामीहरूको व्यवस्थापनका लागि २० लाख डलर बराबरको औषधि तथा खोप प्रदान गर्ने भएको छ त्यसमध्ये पहिलो चरणको खोप तथा औषधी शुक्रवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सो औषधीजन्य सामाग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरे ।
थारु समुदायमा लाग्ने सिकल सेल रोगका लागि यो सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास भारतीय दुतावासले लिएको जनाएको छ । स्वास्थ्य मन्त्री मन्त्री पौडेलले यी खोपहरूले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । भारतको उदार सहायताको लागि धन्यवाद दिँदै उनले भारतसँगको लामो समयदेखिको सहकार्य र यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमा गरेको योगदानलाई प्रशंसा गरे ।
भारतीय राजदूत श्रीवास्तवले यी खोपहरूले नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
भारत र नेपाल बिचको मित्रता बारे चर्चा गर्दै उनले दुई देशको पारस्परिक हितका क्षेत्रहरूमा थप सहयोग प्रदान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण