बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य बीमाः अब देशको जुनसुकै स्थान पहिलो सेवाविन्दु

बिहीबार, १९ असार २०८२, १८ : ४८
बिहीबार, १९ असार २०८२

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएको छ । 

आगामी साउन १ गतेदेखि लागु हुने नयाँ व्यवस्थाअनुसार बिमितहरूले बोर्डबाट अनुमतिप्राप्त कुनै पनि सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य बीमा बोर्डले बिहीबार सूचनामार्फत यस्तो जानकारी गराएको हो । 

यसअघि स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार बिमितले बीमा दर्ता गर्दा नै आफूले सेवा लिने एउटा ‘पहिलो सेवा विन्दु’ तोक्नुपर्ने व्यवस्था थियो । यसले गर्दा बिमितहरू आफ्नो तोकिएको स्थानभन्दा बाहिर रहँदा वा यात्रा गर्दा स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित हुने तथा अनेकौं झन्झट बेहोर्नुपर्ने गुनासो निरन्तर आइरहेको थियो ।

बिमितहरूबाट आएका यिनै गुनासाहरूलाई सम्बोधन गर्दै बीमा प्रक्रियालाई ‘सहज र सरल’ बनाउन बोर्डले यो निर्णय लिएको सूचनामा उल्लेख गरेको छ । 

सूचनामा भनिएको छ ‘आगामी आव २०८१/८२ को सुरुवातसँगै २०८१ श्रावण १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रूपमा काम गर्न गरी अनुमतिप्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप