नोबेलमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैँची
सारांश
- उदयपुरका १५ वर्षीय बालकले खेल्ने क्रममा कैँची निलेपछि शल्यक्रिया मार्फत निकालियो।
- नोबेल मेडिकल कलेजले बालकको पेटबाट ल्याप्रोस्कोपिक प्रविधि प्रयोग गरी कैँची निकाल्यो।
- शल्यक्रियापछि बालक स्वस्थ भई दुई दिनमा घर फर्किए।
विराटनगर । सुन्दा पनि अचम्म र आङ नै जिरिङ्ग हुने एक घटना सार्वजनिक भएको छ । खेल्ने क्रममा अचानक उदयपुरका १५ वर्षीय एक बालकले कैँची नै निल्न पुगेपछि अपरेसन गरेर उक्त कैँची निकालिएको छ ।
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आकस्मिक कक्षमा ल्याएका बालकको पेटबाट कैँची निकालेको हो । आकस्मिक कक्षमा गरिएको एक्स–रे र सिटी स्क्यानको आधारमा ती बालकको पेटको सानाे आन्द्राभित्र कैँची अड्किएको पुष्टि भएको थियो ।
घटना अत्यन्तै जटिल र संवेदनशील रहेपनि नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा.अमित भट्टराई र उनको सर्जिकल टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालेकाे हाे ।
डा.भट्टराईले भने,'बालकको आन्द्रामा कैँची अड्किएर त्यसले थप जटिलता ल्याउन सक्थ्यो, तर समयमै ल्याप्रोस्कोपिक सर्जरीमार्फत निकाल्न सफल भयौँ। अहिले बिरामीको अवस्था स्थिर छ।'
दुई दिनको अस्पताल बसाइपश्चात् बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण