भानुभक्त आचार्यका बारेमा प्रशस्त लेखिएको छ । उनको काव्यिक एवं भाषिक योगदानका बारेमा समान दृष्टिकोणहरू भने छैनन् । उनलाई प्रदान गरिएको ‘आदिकवि’, ‘जातीय कवि’, ‘सांस्कृतिक एकताका प्रतीक’ जस्ता सम्मानलाई लिएर झन् गम्भीर विवादहरू हुँदै आएका...
हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुन्या हाँस्तछन् वेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्त छन् ।। माथिका दुई हरफ सिलोक आदिकवि भानुभक्त आचार्यले १९१९ सालमा रचेको ‘वधूशिक्षा’मा प्रस्तावनाका...
कानुनका ज्ञाता तथा संविधान र कानुन निर्माणमा भूमिका निर्वाह गर्दै आएका अग्निप्रसाद खरेल पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुन् । पूर्व महान्यायाधिवक्ता खरेल २०६३ सालको अन्तरिम संविधान मस्यौदा समितिका...
कांग्रेस–एमालेको नयाँ सत्तासमीकरण बनेसँगै संविधान संशोधनको चर्चा छ । खासगरी संविधान संशोधनको विषयलाई लिएर विभिन्न मत प्रकट भइरहेका छन् । संविधान संशोधन किन आवश्यक पर्यो ? के के विषय संशोधन...
‘राजा महेन्द्रबाट हुकुम भएको छ— पैसाले गरिब भए पनि नेपाली आँटको धनी छ । मान्छेले आँटे नहुने केही छैन । अरूले १०० वर्षमा गरेको प्रगति हामीले १०–२० वर्षमा गर्नुपरेको छ...
यही वर्षको जेठ ८ देखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिलमा एउटा सामूहिक कला प्रदर्शनी भयो । यस कला प्रदर्शनीमा समसामयिक कला, लोककला, व्यावसायिक कला, उपयोगी कला, हस्तकला जम्मै राखिएका थिए...
काठमाडौँ । नेपालमा स्थानीयस्तरमा उत्पादन तथा बिक्री वितरण भइरहेको ‘छ्याङ’को ब्राण्ड सुरु भइसकेको छ । घरेलु मदिराका रूपमा उत्पादन तथा बिक्री वितरण हुने ‘छ्याङ’को ट्रेडमार्क नै दर्ता भइ बिक्री वितरण...
काठमाडौँ । त्रिशङ्कु संसदका कारण सत्ता टिकाउनकै लागि गठबन्धन गर्नु पर्ने र सत्ताधारी दलहरूबिच भागबन्डाको आधारमा नियुक्ति दिनु पर्ने बाध्यतामा सरकार रहँदै आएको छ । दलीय भागबन्डाकै आधारमा न्यायाधीशदेखि संवैधानिक...
‘इन्स्पायर इन्क्लुजन– २०२४’ नामक एक समूहगत कला प्रदर्शनी क्लासिक ग्यालरीमा सम्पन्न भयो । गत २३ मार्चदेखि २० अप्रिलसम्म भएको यो कला प्रदर्शनीमा २९ महिला युुवा कलाकारका ४१ वटा कला प्रदर्शन...
विनोदको अनुहार निन्याउरो र बेचैन छ । उसका गालामा पीडाका दसी भएर बसेका छन् आँसुका लेग्रा । चित्तको औडाहा आँखामा सोहोरिँदा थकित र उदास छन् उसका आँखा । जीवनका घोर...
‘प्राक्टिस मेक्स् म्यान परफेक्ट’ अङ्ग्रेजीमा रहेको यो चर्चित उखानको अर्थ हो ‘अभ्यासले मानिसलाई परिपूर्ण बनाउँछ’ । तर नेपाली सङ्गीत क्षेत्रको एउटा हस्ती बनिसकेका विमल शाहको जीवनमा पनि यो उक्ति चरितार्थ...
काठमाडौँ । जेठ २४ गते बसेको मन्त्रीपरिषद् बैठकले एकैपटक ११ वटा देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कूटनीतिक क्षेत्रमा त्यसको चौतर्फी आलोचना भइरहेको छ । वर्तमान...
राजनीतिक स्थिरता भनेको संवैधानिक प्रणालीको निरन्तरता हो । अर्थात् जुन संविधानका आधारमा हामीले एउटा प्रणाली अपनाउँछौँ, त्यो प्रणालीको निरन्तरता नै राजनीतिक स्थिरता हो । हामीकहाँ धेरैले राजनीतिक स्थिरतालाई सरकारको स्थिरतासँग...
गणतन्त्र र राजतन्त्रको तुलना गर्नुको कुनै अर्थ छैन । गणतन्त्रमा लोकको सर्वोच्चता हुन्छ, राजतन्त्रमा वंशानुगत शासकको । राजतन्त्र वा राजसंस्थाको समयमा राजनीति अस्थिर अथवा स्थिर होइन, त्यतिखेर राजनीति नै थिएन...
अदालत राजनीतिक स्थायित्वको विषयमा सधैँ विवादमा आउने गर्छ । अझ भनौँ अदालतलाई विवादमा ल्याइन्छ । अदालत आफैँले कुनै काम सिर्जना गर्ने होइन, कसैले मुद्दालाई अदालतसम्म पुर्याए त्यसमा निर्णय गर्ने हो,...
राजनीति र कुटनीतिको अन्तरसम्बन्धबारे चर्चा गर्दा हामी एउटा कुरामा स्पस्ट हुनुपर्छ– गृह नीति र परराष्ट्र नीतिमध्ये कुनचाहिँ साध्य हो, कुनचाहिँ साधन हो ? यस विषयमा धेरै मान्छे भ्रमित भएको म...
नेपाल र विश्वकै परिदृश्य हेर्ने हो भने मिडियाहरू संक्रमणको स्थितिबाट गुज्रेका छन् । पहिलेका मान्यता र परिभाषाहरू ‘रिडिफाइन’ हुने फेजमा छन् । अहिलेको सन्दर्भमा ‘मेनस्ट्रिम’ कसलाई भन्नेमै अन्योल छ ।...
सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्नुभयो भने कृषिलाई प्राथमिकतामा राखेका हुन्छन् । त्यति मात्र होइन, सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा राजनीतिक दलका नेताले दिने भाषणमा पनि कृषिलाई छुटाएका हुँदैनन्...
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले सन् २०२३ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा १०६ वटा सूचना प्रविधिसँग सम्बन्धित कम्पनीले विदेशतर्फ सेवा निर्यात गरिरहेका छन् । यी उद्योगबाट ५१५ मिलियन...
नेपालमा संस्थागत रूपमा खेलकुद विकासको थालनी भएको साढे ६ दशकभन्दा लामो समय बितिसकेको छ । २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्’ गठन भएपछि संस्थागत रूपमा खेलकुद विकासको जग बसेको...
कलाकारिता र राजनीति दुई फरक विषय हुन्, तर यी दुवै एक–अर्कासँग सधैँ जोडिएका हुन्छन् । राष्ट्रभक्त र देशभक्त व्यक्ति राजनीतिज्ञ भयो भने सबै कुरा परिवर्तन गर्दै जनतालाई सुख–सुविधा दिएर देशको...
केलाई आधार मानेर स्वास्थ्यको मापदण्ड अपनाउने भन्ने स्वास्थ्यका सूचक हुन्छन् । सामान्य तथा सरुवा रोगमा नेपालले धेरै ठुलो फड्को मारेको छ । सरुवा मात्र होइन, नसर्ने रोग पनि छन् ।...
प्रा.डा. सुरेशराज शर्मा शिक्षा क्षेत्रले जनशक्ति उत्पादन गर्ने हो । त्यस्तो क्षमतावान् जनशक्ति उत्पादनका लागि सरकारले लगानी गर्नुपर्ने हुन्छ । सरकारको लगानी नपुग्न पनि सक्छ । त्यस्तो अवस्थामा निजी क्षेत्रले...
कापी–कलम किन्ने खर्चको जोहो गर्न १०–११ वर्षका किशोर नेपालले सहरका गल्लीमा पत्रिका बेच्दै हिँड्थे र सोच्थे— एक दिन आफैँ पत्रिका निकाल्छु । उनी समाचारहरूको कल्पना गर्थे; पत्रकार र सम्पादकको ठाउँमा...
स्थानीय तहमा वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरिद गर्ने, त्यसको मर्मत र इन्धनको खर्चको अध्ययन गर्ने उद्देश्यले सूचनाको हक प्रयोग गरी ७५३ वटै पालिकासँग सूचना मागिएको थियो । सूचना माग्दा मूलभूत...
काठमाडौं । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो । संविधानसभा भवन नयाँ बानेश्वरमा जेठ १५ गते राति ९ बजेर ४५ मिनेटमा विधिवत्...
काठमाडौँ । ताहाचलस्थित पाँचतारे सोल्टी होटलले अहिले जहाँ गेटसहित पर्खाल लगाएर सार्वजनिक बाटो कब्जा गरेको छ, त्यहाँ हेमसिद्धि बज्राचार्य केटाकेटी छँदा निर्बाध रूपमा हिँडडुल गर्थे । उनको घरको नक्सा पनि...
लाजिम्पाटस्थित ‘तक्पा कला ग्यालरी’मा यही २० अप्रिलदेखि ५ मेसम्म भुवन थापा ‘बहुवी’को ‘अर्थभित्रको अर्थ’ (मिनिङ विथइन् मिनिङ) नामक तेस्रो एकल कला प्रदर्शनी भयो । फरक विचार, फरक रूप र...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय वरपर तीन हजार ७२२ रोपनी जग्गा छ । लालपुर्जासहितको त्यो जग्गा त्रिभुवन विश्वविद्यालयकै स्वामित्वमा छ । त्रिभुवन विश्वविद्यालयले २०७४ सालमा प्रोफेसर अनुप कुमार श्रेष्ठको...
वंशाणुगत रोग विशेषज्ञ डा. नीलम ठाकुर कुँवरका लागि वीर अस्पतालले एउटा नयाँ पद सिर्जना गर्नुपर्यो । कारण, उनको विशेषज्ञता नेपालकै लागि नयाँ थियो । सर्वप्रथम, उनले कस्तो विशेषज्ञता कसरी हासिल...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएपछि सञ्चारकर्मीसँग भनेका थिए, ‘प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा कुराकानी गरेपछि सरकारमा बस्न मन नलागेर पदबाट राजीनामा दिएको हुँ...
किरात राई जातिमा भर्खर विवाह गरेर ल्याएकी बुहारीलाई सर्वप्रथम सुप्तुलुङ (आस्थागत चुलो)मा विधिपूर्वक देखाइन्छ र पितृहरूसँग पुकार गर्दै आशीर्वाद वा मनोबल मागिन्छ । यस संस्कारलाई नाम्मेवमावो (बुहारी भित्र्याउने) भनिन्छ । यो...
यसपल्टको आलेखमा नेपाली संस्कृति र कलागत धरोहर बोकेको ऐतिहासिक सहर पनौतीका बारेमा छ । पनौती काठमाडौँँ उपत्यकाकै एक भागजस्तो भएर देखापर्ने गर्छ । काठमाडौँबाट मात्र दुई घन्टामा पुगिने पनौती एउटा...
‘आमा’ यस्तो शब्द हो, जुन उच्चारण गर्दैमा सम्मान र न्यानोपन महसुस हुन्छ । आमाको जस्तो निस्वार्थ प्रेम सायदै कसैले देला । आमा जननी हुन् । त्यसैले मातृभूमिसँग पनि आमाको तुलना...
काठमाडौँ । नेपाल प्रहरीका डीआईजी रमेश खरेल प्रहरी महानिरीक्षक पदका दाबेदार थिए । मन्त्रिपरिषद्ले उनका ब्याचमेट सर्वेन्द्र खनाललाई महानिरीक्षक नियुक्त गरेपछि खरेलले प्रहरीबाट २०७४ साल चैत २८ मा राजीनामा दिए...
मैले युवाहरूसँग संवाद गर्दै आएको छु । मलाई डर के लागेको छ भने युवाहरूलाई यस्ता कुरा सुन्ने मात्रै बानी पर्ने हो कि, गर्न केही नगर्ने हुन् कि ! युवाहरूप्रति आशा...
विषय अलिकति गहन छ— बौद्धिकताको कसीमा नेपाली समाज । व्यावहारिक रूपमा यस विषयमा कुरा गर्न सजिलो छ । व्यावहारिकता सिद्धान्तबाट आउने हो । सिद्धान्तमुक्त भएर व्यावहारिकता हुँदैन । सबैभन्दा पहिले...
आकाश छर्लङ्गै उघ्रेको थियो । झुल्के घामका मधुरा, शान्त किरण पहेँल्पुर फुलेको तोरीबारीमा ओइरिए । खरका छानाहरूबाट पातलो बाफ फुस्फुस् उड्न थाल्यो । शीतले निथ्रुक्क भिजेको गाउँ घामका न्याना किरणले...
साम्राज्यवाद, पुँजीवादको चरम अवस्था जुन समयमा लेखियो, त्यस समयको विश्वव्यापी माहोललाई बुझ्न कोसिस गरियो भने मात्र साम्राज्यवादको सैद्धान्तिकीकरणलाई राम्ररी बुझ्न मद्दत पुग्छ । लेनिनले सन् १९०० अर्थात् शताब्दीको सुरुवातदेखि...
काठमाडौँ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि ऐतिहासिक पदक जित्दा कुनै खेलाडीको मनोदशा कस्तो होला ? हामी ठान्छौँ— खुसीको पराकाष्ठा होला, हर्षले आँखा रसाऊलान्, देशको सम्झना आउला, गर्वले छाती फुल्ला,...
प्रमुख देवी–देवताको मन्दिरमा यदाकदा अष्ट चिरञ्जीवीका मूर्ति पनि राखिएका हुन्छन्, तर अष्ट चिरञ्जीवीकै मन्दिर भनेर बिरलै भेटिन्छन् । विराटनगर महानगरपालिका– ८ मधुमारामा भने अष्ट चिरञ्जीवीको मन्दिर छ । २०६५...