९/११ को १८ औं वर्षगाँठमा काबुलमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण
अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर (डब्ल्यूटीसी) मा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाको १८ औं वर्षगाँठमा काबुलमा अमेरिकी दूतावास नजिकै बुधबार बिहानै बिस्फोट भएको छ ।
मध्य काबुलमा मध्य रात कटेलगत्तै धुँवाको मुस्लो देखिएको र साइरन बजेको सुनिएको फक्स न्यूजले बताएको छ । दूतावासभित्र कर्मचारीले लाउडस्पिकरमा ‘दूतावास प्राङ्गणमा रकेट बिस्फोट भएको छ’ भन्दै जानकारी दिइएको स्रोतले बताएको छ ।
अधिकारीले बिस्फोटमा कोही पनि घाइते नभएको जानकारी दिएका छन् । अहिलेसम्म कुनै पनि संगठनले उक्त हमलाको जिम्मेवारी लिएको छैन ।
Afghanistan: Huge blast near US embassy in Kabul. Photo via @WaisAlizai pic.twitter.com/YKt7qVE4Ne
— Ahmer Khan (@ahmermkhan) September 10, 2019
यो घटना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा तालिबान नेतासँग शान्ति वार्ता रद्द गरेपछि भएको हो । वार्ता सेप्टेम्बर ८ तारिखमा क्याम्प डेविडमा हुने निश्चित गरिएको थियो । अमेरिकी राष्ट्रपतिले काबुलमा सेप्टेम्बर ५ मा भएको कार बम बिस्फोटमा अमेरिकी सैनिकसमेत १२ जनाको हत्या भएपछि यस्तो निर्णय लिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण