विप्लवका छोरा प्रकाश चन्द पक्राउ
बुधबार, २५ भदौ २०७६, १० : २३
काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।
चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
चन्दसँग अन्य १५ जना विद्यार्थीहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई