नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा सागर प्रताव राणा निर्वाचित

बुटवल । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा सागर प्रताव राणालाई चयन गरेको छ ।
हिजोदेखि गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले रुपन्देही शाखाका राणालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो ।
अधिवेशन ब्यवस्थापन समितिका सदस्य एवं उपप्राध्यापक पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी, कोषाध्यक्षमा दाङ्घ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।
सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य, गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय चयन भएका छन् ।
अधिवेशनमा रेसङ्घाु नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, संघका केन्द्रिय सचिव भरतबहादुर चन्दसमेतको सहभागिता रहेको थियो ।
मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, संघका उपाध्यक्ष तोयराज पन्त, महासचिव श्यामकुमार पोखरेल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैशाखसम्मको मूल्यवृद्धि दर २.७७ प्रतिशतमा झर्यो, कुन क्षेत्रमा कति ?
-
जेन–जीको जागरण : आफ्नै माटोमा सपना रोप्दै
-
‘जेन–जी’ पुस्ताका झण्डै ६० प्रतिशत भन्छन्– उच्च शिक्षा नेपालमै
-
पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ : प्रचण्ड
-
विदेशी विनिमय सञ्चिति २५ खर्ब नाघ्यो, साढे १४ महिनाको आयात धान्ने
-
रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड