नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा सागर प्रताव राणा निर्वाचित
बुटवल । नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको प्रथम अधिवेशनले साभापति पदमा सागर प्रताव राणालाई चयन गरेको छ ।
हिजोदेखि गुल्मीमा आयोजना गरिएको प्रथम अधिवेशनले रुपन्देही शाखाका राणालाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको हो ।
अधिवेशन ब्यवस्थापन समितिका सदस्य एवं उपप्राध्यापक पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी, कोषाध्यक्षमा दाङ्घ शाखाका लिला शाह निर्वाचित भएकी छन् ।
सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य, गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय चयन भएका छन् ।
अधिवेशनमा रेसङ्घाु नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, संघका केन्द्रिय सचिव भरतबहादुर चन्दसमेतको सहभागिता रहेको थियो ।
मंगलबार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वरालले उद्घाटन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, संघका उपाध्यक्ष तोयराज पन्त, महासचिव श्यामकुमार पोखरेल लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण