चीनले आफ्ना नागरिकलाई सचेत गरायो, ‘कुरा नबुझी बिहे नगर्नू’

चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध विवाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित गरी १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।
विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यस पटक नेपाल लक्षित एडभाइजरीमार्फत विवाहबारे सचेत गराएको हो ।
पछिल्लो समय विवाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।
काठमाडौँस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ‘वी च्याट’मार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनीयाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको बेइजिङ्स्थित चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
चिनीयाँहरुले अरुको मध्यस्थता अर्थात् ‘ब्लाइन्ड डट’का आधारमा बिदाको समयमा नेपालमा गएर विवाह गर्नुअघि नेपालको बिबाह दर्ता प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामका उपाय अपनाउन र नेपालमा पुगेर हुने विवाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको शान्ति स्तूप नजिक माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
-
दुई सचिव पद रिक्त, बढुवाको छैन सुरसार
-
अर्थमन्त्री संसद्मा हुनु र नहुनुले केही फरक पर्दैन : सांसद सिंह
-
गैरआवासीय नेपाली सङ्घलाई प्रधानमन्त्रीको आग्रह : एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित हुनुस्
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’