नागरिकता विधेयकमाथि १३९ बैठक, अझै जुटेन सहमति (भिडियोसहित)
काठमाडौँ । नागरिकता विधेयकमा सहमति जुटाउन संसदको राज्य व्यवस्था समितिमा शुक्रबारसम्म १३९ वटा बैठक बसे तर विवाद ज्यूका त्यूँ रहेको छ ।
शुक्रबारको बैठकमा प्रतिपक्ष दल काँग्रेस र राजपाका सांसदहरुले यसअघि सहमति भएका विषयमा समेत छलफल गर्न समय माग गरेपछि नागरिकताको गाँठो फुक्न नसकेको हो ।
शुक्रबारको बैठकमा यसअघि सहमति भएका विषयलाई सभापति शशी श्रेष्ठले पढेर सुनाउने र बाँकी विषयलाई छलफल गर्न प्रस्ताव गरेकी थिइन् । तर काँग्रेस सांसद अमरेश कुमार सिंह, दिलेन्द्र बडु तथा राजपाका सांसद राजकिशोर यादवलगायतले छलफलका लागि समय चाहिने अडान राखेपछि अर्को बैठक शनिबार बस्ने गरी टुङ्गिएको छ । सहमति भएका विषयमा पुन छलफल गर्ने या नगर्ने भन्नेमा सत्ता र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की नै भएको थियो ।
समिति सभापति श्रेष्ठले आगामी असोज २ गतेभित्र यो विधेयक संसदमा पठाउनुपर्ने भएकाले सहमति भइसकेका विषयमा पुनः छलफलको जरुरी नहुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण