पहिरामा पुरिएका छ मध्ये दुईको शव फेला
रोल्पा – अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ ।
पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरिरहेको बताइएको छ ।
उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए ।
पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण