पहिरामा पुरिएका छ मध्ये दुईको शव फेला
रोल्पा – अविरल वर्षासँगै गएराति गएको पहिराबाट थबाङ गाउँपालिका वडा नं २ छेर्लोवाङमा पहिरामा परी पुरिएका छमध्ये दुई जनाको शव फेला परेको छ ।
पहिरामा पुरिएकी २८ वर्षीया फिरकुमारी बुढा र उहाँका चार वर्षीय छोरा असल बुढामगरको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।
पहिरामा ४० वर्षीय जय बुढा, उहाँकी श्रीमती मूलज्योति बुढा र उनीहरुका दुई छोरीसमेत चार जना अझै बेपत्ता छन् । इलाका प्रहरी कार्यालय थबाङको एक टोलीले उद्धारको काम गरिरहेको बताइएको छ ।
उक्त टोलीलाई थप सहयोग र उद्धार गर्न इलाका प्रहरी कार्यालय थबाङ, प्रहरी चौकी रानागाउँ र खरिबोटबाटसमेत थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए ।
पहिरामा परी दुई घर र केही गोठ पनि पुरिएका बताइएको छ । पहिरामा गाई भेडाबाख्रा पुरिएका हुनसक्ने स्थानीय मौसम रोकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने
-
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
-
युवा पलायनको कारण के हो ?
-
कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ बन्द हुने
-
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
-
पठाओ राइडरको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगी