गरिबीले लिँदै ज्यान, जसले ५ लाख ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजे
वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तथा र डेढ वर्षअघि २५ वर्षीया घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो–गरिबी ।
छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरु माध्यम थिएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्,’ त्यही पीरले झुण्डिएर आत्महत्या गरेछ ।’
घरबहादुर जस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ ।
कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा कर्णालीमा ७२८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २५५ जना छ । यो समाचार कान्तिपुर दैनिकमा ज्योति कटुवालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण