दुईजना नयाँ बिरामीसँगै रौतहटमा डेङ्गुको रोगी १३ पुग्यो
रौतहट । रौतहटको मध्यभागस्थित कटहरिया नगरपालिकामा दुईजना नयाँ बिरामी डेङ्गुको रोगी फेला परेसँगै डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ ।
देशभरी महामारीको रुपमा डेङ्गु रोग फैलिरहेको अवस्थामा कटहरिया नगर क्षेत्रमा डेङ्गु रोगबाट संक्रमित बिरामीको संख्या ३ पुगेको छ भने जिल्लाभरीमा बिरामीको संख्या १३ पुगेको बताइएको छ ।
कटहरियामा फेला परेको डेङ्गुका नयाँ रोगी दुवैजना हेटौंडास्थित कक्षा ११ मा अध्ययनरत छात्र सचिन कुमार दास र राजन कुमार दास रहेका छन् ।
केहीदिन अघि आफ्ना घर कटहरिया–४ बलिरामपुर भन्दै आएका सचिन दासलाई तीन, चार दिनदेखि उच्च ज्वरोले च्यापेको थियो । लगातार ज्वरो आएपछि डेङ्गुको आशंका लागि रगत चेकजाँच गराउँदा डेङ्गु रोग लागेको भेटिएपछि उनलाई तत्कल उपचारका लागि काठमाडौँ पठाइएको उनका बाबु विजय दासले बताए ।
त्यसैगरी हेटौँडामा पढ्ने क्रममा उच्च ज्वरो आएपछि रगत जचाउँदा डेङ्गुको संक्रमण भएको प्रमाणित अर्का विद्यार्थी राजन दासलाई आफ्नो घर कटहरिया–५ टोलापुर ल्याइएको छ ।
उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका डाक्टर अर्पणलाल कर्णको सल्लाह अनुसार स्थानीय स्तरमै उपचार भइरहेको उनका बाबु रामेश्वर दासले बताए ।
यसअघि नै कटहरिया–७ बलुवामा एकजना, चन्द्रपुर नगरपालिकामा सातजना, मौलापुरमा दुईजना, माधव नारायणमा ३ जना गरी १३ जना डेङ्गु रोगबाट संक्रमित फेला परिसकेको जिल्ला अस्पतालका निमित प्रमुख महेश साहले जनाए ।
१३ जना डेङ्गु संक्रमित बिरामीमध्ये मौलापुरका दुईजना संक्रमित बिरामी हाल हेटौँडा बस्दै आएकाले ति दुवैजनालाई जिल्ला अस्पताल गौर पठाइएको मलेरिया सुपरभाइजर नन्देश्वर चौधरीले जानकारी गराएका छन् ।
जिल्लामा डेङ्गु रोगबारे जनचेतनाको अभावमा सर्वसाधारणमा ठूलो त्रास हुने गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण