न्यु मिलेनियम कलेजले जित्यो इन्टर कलेज फुटसल, पुरस्कारमा १ लाख ५० हजारको टुर प्याकेज
काठमाडौं- प्ले नेपालको आयोजनामा काठमाडौंमा सम्पन्न स्काइ बर्ड प्याराग्लाइडिङ इन्टर कलेज फुटसलको उपाधि मिलेनियम कलेजले जितेको छ । विजेता टिमले एक लाख पचास हजार बराबरकोे टुर प्याकेज प्राप्त गरेका छ्न् । जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङसहित काठमाण्डौ पोखरा दुई तर्फि यातायात र खाने बस्ने सुविधा रहेको छ ।
प्रतियोगिता निकै राम्रो खेलेको एपेक्स कलेज फाइनलमा राम्रो प्रदर्शन गर्न नसक्दा उप बिजेतामा चित बुझाउन बाध्य भयो । उप बिजेता टिमले धुलिखेल जिपलाइनको तर्फ बाट पचास हजार बराबरको टुर प्याकेज प्राप्त गरेको छ ।
भदौ २७ गते सम्पन्न एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी भए । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नात्तकोतर सम्मका विद्यार्थीले खेलेका थिए ।
उत्कृष्ट गोलरक्षक नबोदित कलेजका निशान राम्जाली र उत्कृष्ट खेलाडी न्यु मिलेनियम कलेजका कर्फु रसाइलिले द लास्ट रिसोर्टको तर्फ बाट बन्जी सहित दुईतर्फि यातायात र खाने बस्ने प्याकेज प्राप्त गरेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए ।
धन्यन्तरी फुटसल हाँडीगाँउमा सम्पन्न प्रतियोगिता प्ले नेपालले हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण