‘द स्काई इज पिंक’को प्रिमियरमा रोइन् प्रियंका चोपडा
प्रियंका चोपडा लामो समयपछि फिल्म द स्काई इज पिंकबाट बलिउडमा फिर्ता भइरहेकी छिन् । प्रियंकाले फिल्मको मज्जाले प्रोमोशन गरिरहेकी छिन् ।
हालै टोरोन्टो फिल्म फेस्टिबलमा द स्काई इज पिंकको पहिलो प्रिमियर राखियो । यतिबेला प्रियंका चोपडासँग फरहान अख्तर र निर्देशक सोनाली बोस पनि उपस्थित थिए । प्रिमियरको क्रममा प्रियंका निकै भावुक भइन् ।
वास्तवमा द स्काई इज पिंक हेरेपछि प्रिमियरमा उपस्थित सबैले फिल्मको अत्यधिक तारिफ गरे । यस्तोमा फिल्मकी निर्देशक सोनाली बोसले फिल्मका स्टारकास्टलाई अँगालो हालेर बधाई दिइन् । यतिबेला प्रियंका चोपडा भावुक भइन् । जब सोनालीले प्रियंकालाई अँगालो हालिन् तब उनीहरुले लामो समयसम्म एकअर्कालाई अँगालो हालिरहे । पछि जब सोनाली अलग्गिइन् तब प्रियंकाले आफ्नो अाँसु पुछिरहेको देखिइन् ।’
प्रियंका चोपडा फिल्म द स्काई इज पिंककी निर्मात्री पनि हुन् । यो फिल्म भारतसहित २५ देशमा रिलिज हुनेछ । भारतमा यो फिल्म अक्टोबर ११ मा रिलिज हुँदैछ ।
मोटिभेशनल स्पिकर आयशा चौधरीमा आधारित छ फिल्मः
द स्काई इज पिंक फिल्म गुरुग्राममा बस्ने १३ वर्षीया मोटिभेशनल स्पिकर आयशा चौधरीमा आधारित छ । आयशा इम्युन डिफिसिएन्सी डिस्अर्डरबाट ग्रस्त थिइन् जसका कारण सन् २०१५ मा उनको निधन भएको थियो । आयशाले टक शोजमार्फत् चर्चा पाएकी हुन् । फरहान र प्रियंकाले यो फिल्ममा आयशाका अभिभावकको भूमिका निभाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण