‘द स्काई इज पिंक’को प्रिमियरमा रोइन् प्रियंका चोपडा
प्रियंका चोपडा लामो समयपछि फिल्म द स्काई इज पिंकबाट बलिउडमा फिर्ता भइरहेकी छिन् । प्रियंकाले फिल्मको मज्जाले प्रोमोशन गरिरहेकी छिन् ।
हालै टोरोन्टो फिल्म फेस्टिबलमा द स्काई इज पिंकको पहिलो प्रिमियर राखियो । यतिबेला प्रियंका चोपडासँग फरहान अख्तर र निर्देशक सोनाली बोस पनि उपस्थित थिए । प्रिमियरको क्रममा प्रियंका निकै भावुक भइन् ।
वास्तवमा द स्काई इज पिंक हेरेपछि प्रिमियरमा उपस्थित सबैले फिल्मको अत्यधिक तारिफ गरे । यस्तोमा फिल्मकी निर्देशक सोनाली बोसले फिल्मका स्टारकास्टलाई अँगालो हालेर बधाई दिइन् । यतिबेला प्रियंका चोपडा भावुक भइन् । जब सोनालीले प्रियंकालाई अँगालो हालिन् तब उनीहरुले लामो समयसम्म एकअर्कालाई अँगालो हालिरहे । पछि जब सोनाली अलग्गिइन् तब प्रियंकाले आफ्नो अाँसु पुछिरहेको देखिइन् ।’
प्रियंका चोपडा फिल्म द स्काई इज पिंककी निर्मात्री पनि हुन् । यो फिल्म भारतसहित २५ देशमा रिलिज हुनेछ । भारतमा यो फिल्म अक्टोबर ११ मा रिलिज हुँदैछ ।
मोटिभेशनल स्पिकर आयशा चौधरीमा आधारित छ फिल्मः
द स्काई इज पिंक फिल्म गुरुग्राममा बस्ने १३ वर्षीया मोटिभेशनल स्पिकर आयशा चौधरीमा आधारित छ । आयशा इम्युन डिफिसिएन्सी डिस्अर्डरबाट ग्रस्त थिइन् जसका कारण सन् २०१५ मा उनको निधन भएको थियो । आयशाले टक शोजमार्फत् चर्चा पाएकी हुन् । फरहान र प्रियंकाले यो फिल्ममा आयशाका अभिभावकको भूमिका निभाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन