समाजवादी पार्टीको सल्लाहकार समिति गठन, प्रमुखमा गौतम
आइतबार, २९ भदौ २०७६, १९ : ३७
काठमाडौं – गत वैशाख २३ गते तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई बनेको समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तरगत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ ।
समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको समायोजन कार्यक्रममा भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख चयन गरिएको छ । गौतम पूर्वभूमिसुधार मन्त्रीसमेत हुन् ।
साथै ९६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।समितिको पहिलो बैठकले सुमनकुमार चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ । बैठकले सबै सदस्यको कार्यविभाजन समेत गरेको छ ।
बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिका सदस्यहरुलाई आ–आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण