थापाथलीस्थित प्रसूति अस्पतालको अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते
मङ्गलबार, ३१ भदौ २०७६, २२ : ४१
काठमाडौं-थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।
प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । “प्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो । प्लान्टमा सामान्य विस्फोट भएको रहेछ”, उनले भने । विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण