बराबरीमा रोकियो युभेन्ट्स
इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
युभेन्ट्सका जुवान कोर्डाडोले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । ६५औं मिनेटमा ब्लेइस म्याथुडीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । युभेन्ट्सको लगातार दुई गोलपछि जोसिएको एट्लेटिकोले ७०औं मिनेटमा पहिलो गोल फर्काएको थियो । एट्लेटिकोका स्टेफन सेभिकले पहिलो गोल गरे । त्यसपछि ९०औं मिनेटमा हेक्टर हेरेराले गोलगर्दै लेललाई बराबरीमा ल्याएका थिए ।
समूह ‘डी’ मा रहेको युभेन्ट्स र एट्लेटिकोले बराबरीसँगै एक एक अंक बाँडेका छन् । यही समुहको अर्काे खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनलाई २–१ गोलले हराएको छ । जितसँगै समूहमा तीन अंक बनाएको लोकोमोटिभ मस्को शीर्ष स्थानमा छ । अंकविहिन लिभरकुसेन अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण