संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झन्डा फहराइयो
शनिबार, ०४ असोज २०७६, १२ : ०४
युएई । संविधान दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको छ
युएईको स्थानीय समय अनुसार गत शुक्रवार साझ ९:१० बजे बुर्ज खलिफामा एक मिनेट नेपाली झन्डा फहराइएको हो।
संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली राष्ट्रिय झन्डा फहराइएको यो पहिलो हो। ८२३ मिटर अग्लो उक्त टावरमा नेपाली राष्ट्रिय झन्डा फहराउनुले नेपाली र नेपालप्रति पहिचान रहने विस्वास गरिएको छ। जसले भ्रमण वर्ष २०२० लाई थप टेवा पुग्ने समेत विश्वास गरिएको छ।
युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालको प्रयासमा युएई सरकारले बुर्ज खलिफामा झन्डा फहराउन अनुमति दिएको थियो।
नेपालको संविधान दिवसको अवसर पारेर गत बिहीबार दूतावासमा झण्डोत्तोलन तथा दीप प्रज्ज्वलन समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण