रौतहटमा आगलागीबाट लाखौंको क्षति
शनिबार, ०४ असोज २०७६, १३ : ००
रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपु नगरक्षेत्र अन्तर्गत एक गोठमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ गम्हरियामा गएराति स्थानीय रागरित राउत कुर्मीको गोठमा भएको आगलागीबाट लाखौंको क्षति भएको हो ।
लामखुटे धपाउन बालिएको घुरबाट सल्किएर गएराति १२ बजे कुर्मीको गोठमा आगलागी हुँदा गोठभित्रै रहेको बाख्रा, भैँसीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका सई कल्याण आले मगरले जानकारी दिए ।
आगलागीबाट गोठ चौपाया गरी तिनलाख बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
गाँउले र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको स्थानीय समाजसेवी विद्यानन्द यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण