सलमान खानको ‘दबंग थ्री’ ले पायो ऋतिक रोशन र अक्षय कुमारको साथ
सलमान खानको ‘दबंग थ्री’ बारे निकै रोचक खबर आइरहेको छ । यसैवर्ष डिसेम्बरमा सिनेमाघरमा सबैका प्रिय चुलबुल पाण्डे तहल्का मच्चाउनका लागि तयार छन् । फिल्म रिलिजअघि सलमान खान ‘दबंग थ्री’ प्रति अत्यधिक ध्यान खिच्न चाहन्छन् । अर्को महिना अर्थात् अक्टोबरमा प्रशंसकले रबिन हुड पुलिसको दुनियाँको एक झलक देख्न पाउनेछन् ।
फिल्मको टिजर ऋतिक रोशन र टाइगर श्रोफको एक्सन फिल्म ‘वार’ सँग देखाइनेछ । यस्तै फिल्मको ट्रेलर यसै वर्षको दिवालीमा रिलिज हुने अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ सँगै प्रदर्शित गरिनेछ ।
भारतीय संचारमाध्यमले ट्रेड स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सलमान खान र निर्माता अरबाजले प्रशंसकका लागि डबल ट्रिटको योजना बनाएको छ । फिल्मको ९० सेकेन्डको टिजरलाई ‘वार’ सँग देखाइनेछ, त्यसको केही घण्टापछि यसलाई १ अक्टोबरमा सोसल मिडियामा रिलिज गरिनेछ । यस्तै, २५ अक्टोबरमा अक्षय कुमारको ‘हाउसफूल ४’ सँग तीन मिनेटको ट्रेलर सार्वजनिक गरिनेछ । सलमानले व्यक्तिगत रुपमा यी फिल्म छानेका छन् । छुट्टीका दिनमा रिलिज हुने यी फिल्म हेर्न प्रशंसक हलसम्म पुग्ने र यसको बदलामा ‘दबंग थ्री’ प्रति दर्शकको ध्यान आकर्षित हुने उनले आशा राखेका छन् ।’
यस्तै, स्रोतलाई विश्वास गर्ने हो भने फिल्मको ट्रेलरमा कन्नड स्टारका साथै महेश मांजरेकरकी छोरी साईको पनि परिचय दिइनेछ ।
‘दबंग थ्री’ सलमान खानको पहिलो यस्तो फिल्म हुनेछ जुन विभिन्न भाषामा डब र रिलिज गरिनेछ । साथै, सलमान खान र प्रभु देवाको पुनर्मिलन पनि देख्न पाइनेछ जो सलमान खानको चर्चित एक्सन फिल्म ‘वान्टेड’ मा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण