भीरबाट लडेका वृद्धको उपचारका क्रममा मृत्यु
ओखलढुङगा– भीरबाट लडेर गम्भिर घाइते भएका एक बृद्धको उपचारका क्रममा मृत्यु भएको छ । गत शुक्रबार भीरबाट लडेर गम्भिर घाईते भएका सुनकोशी गाउँपालिका ६ का ७३ बर्षीय बृद्ध भीमबहादुर मगरको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
गत शुक्रबार कात्तिकेस्थित मगर घरबाट भुल्केतर्फ जाँदै गर्दा सोही गाउँपालिकाको वडानम्बर ६ स्थित निगुरेभीरबाट लडेर गम्भिर घाईते बनेका थिए । भीरबाट करिब डेढ सय मिटर तल खसेका मगरको टाउको लगायत शरीरका बिभिन्न भागमा गहिरो चोट लागेको थियो । घटनास्थलबाट स्थानियले उद्धारगरी सामुदायीक अस्पताल ओखलढुंगामा उपचारका लागि ल्याएपनि उनको तीन दिनपछि अर्थात आइतबार मृत्यु भएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । मृतक मगरको शवलाई अवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टम गर्न जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण