शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह

शनिबार, २७ असार २०८३, ०० : ५२
शनिबार, २७ असार २०८३

काठमाडौँ । भक्तपुरस्थित हनुमन्ते खोलामा पानीको बहाव निरन्तर बढिरहेकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका स्थानीय बासिन्दाहरूलाई बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति सूचना जारी गर्दै हनुमन्ते खोलामा बाढीको सतह बढ्दो क्रममा रहेको जानकारी दिएको हो । नदीको जलसतह लगातार बढिरहेकाले खोला आसपासका होचा ठाउँ तथा विगतमा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप