स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियमबिचको क्वार्टरफाइनल खेल लस एन्जलसमा सुरु भएको छ ।
- विश्वकपको इतिहासमा यी दुई टोलीबिचको भिडन्त निकै प्रतिस्पर्धात्मक र सन्तुलित रहँदै आएको छ, जसमा दुवै टोलीले समान १ जित हासिल गरेका छन् ।
- प्रतियोगितामा बलियो रक्षापङ्क्ति र लगातार ३५ खेलको अपराजित यात्रासहित मैदान प्रवेश गरेको स्पेनले पोर्चुगललाई हराउँदै क्वार्टरफाइनल पुगेको हो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल लस एन्जलसमा सुरु भएको छ। नेपाली समय अनुसार शनिबार बहिान १२ः४५ बजे लस एन्जलस स्टेडियममा सुरु भएको यस खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिएका छन् ।
विश्वकपको इतिहासमा यी दुई टोलीबिचको भिडन्त निकै प्रतिस्पर्धात्मक र सन्तुलित रहँदै आएको छ । हालसम्म विश्वकपको मञ्चमा भएका दुई भेटमा दुवै टोलीले समान १–१ जित हासिल गरेका छन् । सन् १९८६ को क्वार्टरफाइनलमा खेल अतिरिक्त समयसम्म १–१ को बराबरीमा सकिएपछि बेल्जियमले पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । त्यसको चार वर्षपछि, सन् १९९० को समूह चरणमा भने स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो ।
यस प्रतियोगितामा बलियो रक्षापङ्क्ति र लगातार ३५ खेलको अपराजित यात्रासहित मैदान प्रवेश गरेको स्पेन पोर्चुगललाई हराउँदै क्वार्टरफाइनल पुगेको हो । अर्कोतर्फ, आयोजक अमेरिकाको यात्रा समाप्त गर्दै अघि बढेको बेल्जियमले आजको खेल जितेर सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ। आजको विजेता टोलीले आगामी मंगलबार टेक्सासमा हुने सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण