वृद्ध, असक्तका लागि टिकट लिने छुट्टै लाइनको व्यवस्था गर्न माग
काठमाडौँ– असोज ५ गतेबाट बडा दशैंका लागि लामो दुरीमा चल्ने बसको टिकट बुकिङ खुला गरिएको छ । काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाईन बस्ने यात्रुहरुको भीड देखिएको छ । टिकट पाईदैन कि भन्ने आशंका पालेका यात्रुहरुको काठमाडौंको नयाँ बसपार्कमा भीड लागेको हो । सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रुहरु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नया बसपार्क पुगेका पाइएको अधिकारीकर्मीहरुले बताएका छन् । उनीहरुले सरकारले वृद्ध, असक्त महिलाहरुका लागि छुट्टै टिकट लाईनको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।
नयाँ बसपार्कमा अनुगमनका लागि पुगेका उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमति अनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले वृद्ध, असक्त महिलाहरुका लागि टिकट लिने छुट्टै लाईनको व्यवस्था हुनुपर्ने सहमति पनि पालना नगरिएकोमा आपत्ति समेत जनाए ।
यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुहरुलाई सास्ती दिने काम गरे बस व्यवसायीहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाईनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कार्वाही हुने चेतावनी दिए ।
सरकारले दशैंका घर जानका लागि यात्रुहरुको लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ । नयाँ बसपार्कमा भेटिएकी यातायात व्यवस्था विभागकी लेखा अधिकृत शारदा पाण्डेले यात्रुहरुलाई समस्या परेमा थप सवारी साधनको तत्काल व्यवस्था हुने जानकारी दिए ।
उनले पहिलो दिन टिकट लिन लाईनमा बसेका यात्रुहरु आत्तिएको अवस्थामा पाइएको उल्लेख गर्दै बस पाईदैन कि भन्ने आशंका नपाल्न पनि सबै यात्रुहरुलाई आग्रह गरे ।
सरकारले टिकट बुकिङमा नागरिकलाई सहज बनाउन टिक काउन्टरको छेउमा नागरिक सहायता कक्ष पनि संचालनमा ल्याएको छ । यातायात व्यवस्था विभागले दशैंको टिकट बुकिङका लागि गौशाला, चाबहिल, कोटेश्वर, कलंकी र नागकढुंगामा पनि टिकट पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण