दिपायलमा निकालियो, महोत्तरीमा धर्ना
आइतबार, ०५ असोज २०७६, १६ : ४०
जनकपुर– दिपायलबाट निकालिएका ३ जना पत्रकारको पुनर्वहालीको माग गर्दै महोत्तरीस्थित रेडियो नेपाल प्रदेशिक प्रशारण कार्यालय बर्दिबासमा धर्ना दिएका छन् ।
२ नम्बर प्रदेश कार्यालय बर्दिवासमा रहेको रेडियो नेपालको प्रादेशिक प्रशासरण कार्यालयको मुलढोका बन्द गरेर उनीहरुले एकघण्टासम्म धर्ना दिएका हुन् ।
रेडियो नेपालबाट निकालिएका पत्रकारहरुको पुर्नवहाली र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको माग गर्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल, महासंघका केन्द्रीय सदस्यहरु देवकुमार यादव, अवधेश झा र शैलेन्द्र झा तथा पत्रकार महासंघ २ नम्बर प्रदेशका महासचिव किरण कर्ण लगायतका पत्रकारहरु धर्नामा सहभागी थिए ।
दिपायल स्थित रेडियो नेपालबाट पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवर निकालिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण