‘संघियताका बारेमा बोल्दा मधेशसँगै कर्णालीका बारेमा पनि बोल्नुपर्छ’
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेत पुष्षा भुसालले संविधान कार्यान्वयन सही ढंगले भइ नरहेको बताएकी छन् ।
नेपाल वैकल्पिक अध्ययन समाजद्वारा काठमाडौंमा आयोजित ‘संविधान निर्माण तथा त्यसका चार वर्षः स्वीकार्यताको प्रश्न र कार्यान्वयनका जटिलता’ विषयक अन्तरक्रिया कार्यक्रममा सचेतक भुसालले सरकार संविधान कार्यान्वयनको बाटोतिर नलागेको बताइन ।
साथै उनले संघीयताका मधेशसँग मात्रै जोड्न नमिल्ने बताइन् । ‘नेताहरुले संघीयताबारेमा बोल्दा मधेशको बारेमा मात्रै बोल्ने होइन, हामी कर्णालीका बारेमा पनि बोल्नुपर्छ,’ उनले भनिन् । हिन्दुराष्ट्रका बारेमा काँग्रेसले बृहतरुपमा पाटी भित्र छलफल गरेको उनको भनाई थियो ।
नेपाली काँग्रेसले नागरिताको विषयमा आफ्नो धारणा संसदमा राखिसकेकाले अन्य पार्टीले प्रष्ट धारणा राख्नुपर्ने सचेतक भुसालको तर्क थियो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एकल जातिय सोचभएकाहरुले हतारमा संविधान निर्माण गरेको बताए ।
विश्वभरका उत्कृट संविधान मध्य नेपालको संविधान कागजमा मात्रै उत्कृष्ट भएको उनको भनाइ थियो । संविधानको सफलता र असफलता भनेको कार्यान्वयन गर्ने व्यक्ति र राज्यसत्ता अनुसार हुने उनले बताए । संविधानमा उल्लेख गरिएका प्रदेशका अधिकार केन्द्र सरकारले खुम्चाउने प्रयास गरिरहेको उनको आरोप थियो । यस्तै प्राध्यापक कृष्ण पोखरेलले संविधान ढुङ्गामा लेखिएको दस्तावेज वा कुनै धर्मग्रन्थ नभएको भन्दै समय परिवर्तन संशोधन हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘जसका लागि संशोधन निर्माण गरिएको छ । तिनै मधेशकेन्द्रित राजनीतिक दलहरुले त्यसको स्वामित्व स्वीकार समेत गरेका छैनन् । संविधान कार्यान्वयनको प्रक्रियामा गएर सबै प्रमुख राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी पनि भए । अब संविधान संशोधन पनि गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण